सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महोत्तरीमा शव व्यवस्थापनमा खटेका १० नेपाली सेनामा कोरोना पुष्टि

काठमाडौं । महोत्तरीको रनभुमी गण प्रकौली ब्यारेकका १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमण पुष्टि भएका दशै जनालाई उपचारको लागि नेपाली सेनाकै बर्दिबाँस स्थित किशान गंजको आइशोलेसनमा पठाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालले जानकारी दिए।

महोत्तरीको महोत्तरी गाउँपालिका मडैमा कोरोनाबाट एकजनाको मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटेका नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कट्वालले जानकारी दिए। संक्रमित सबै पहिला देखिनै आइसोलेटेड रहेका थिए।

चार दिन पहिले करिब २२ जना नेपाली सेनाको स्वाब संकलन गरेर जाँच गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

महोत्तरीको कोरोनाबाट मृत्यु भएको शवलाई व्यवस्थापनमा खटेका सेनाहरुमा संक्रमण पुष्टि भएकोले ब्यारेकलाई शिल गरिएको छैन्।

भर्खरै

सम्बन्धित खबर

Language »