निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

माघ १ गते गायक विजय लामाकाे ”नखानु पानी ताेङ्बा”काे साथमा राेशीमा माघे मेला हेर्न जाने हाेइन त ?

काठमाडाैँ । सानीखाेला लेम्बा वेशी माघे सांक्रान्ति मेलाकाे सम्पुर्ण तयारी पुरा भैसकेकाे सानीखाेला लेम्बावेशी युथ क्लवका अध्यक्ष निर्मल लामाले जानकारी दिनु भएकाे छ ।

”मेलाकाे सम्पुर्ण तयारी भैसकेकाे छ । यहाँ सम्पुर्णलाइ विशेष निम्ताे छ । हामीले सकेसम्मकाे सम्मान र खुशी बनाउने लक्ष्य लिएका छाै । मेलामा सहभागी भएर भरपुर आनन्द लिन सबैमा अनुराेध गर्छु ।” अध्यक्ष लामाले संवादकाे क्रममा सारा खबरलाइ बताउनु भएकाे छ ।

मेलामा स्थानीय खानाकाे स्वाद र साँस्कृतिक झाकीहरू पनि हेर्न पाइने बताएका छन् ।

कार्यक्रममा पूर्व साँसद तथा नेपाली कांग्रेसका युवा नेता तिर्थ बहादुर लामा प्रमुख अतिथिका रूपमा रहने छन् भने राेशी गाउँपालिकाका अध्यक्ष डिबि माेक्तान, नेकपाका युवा नेता अमित लामा विशेष अतिथिका रूपमा रहने छन् साथमा नेपालकाे लाेक संगीतमा नाम कमाउन सफल गायक विजय लामा, गायक सुनिल गीरि, तामाङ समुदायका सुरपरिचित गायक विशाल कल्तान र गायिका जितु लाेप्चन, साथमा स्थानीय कलाकार लनम लामाकाे बेजाेड प्रस्तुी रहने छन् ।

याे गुप्तेश्वर मन्दिरमा दर्शन गरेमा मनले साेचेकाे पुग्ने जन विश्वास भएकाे हुनाले उपस्थित सबैकाे मनाेकामना पुरा हाेस् र गुप्तेश्वर मन्दिरकाे प्रचारप्रसारका लागि याे मेलाकाे अायाेजना गरेकाे अायाेजक सदस्य देवाराज लामाले बताए ।

राेशी गाउँपालिका वडा नं. ४ मा तपाइरहरू पनि माघे सांक्रन्ति मेला हेर्न आउने हाेइन त ? गुप्तेश्वर मन्दिरकाे विशेषता भनेकाे मागेकाे कुरा पुरा हुने परम्परा देखिकाे जन विश्वास रहेकाे छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »