सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मुलुकका सबैजसो क्षेत्रमा दिनभर वर्षा हुने,सतर्क रहन मौसमविदहरुको आग्रह

काठमाडौं । आज शुक्रबार मुलुकका सबैजसो क्षेत्रमा निरन्तर वर्षा हुने मौसमविदहरुले बताएका छन् । न्युन चापिय क्षेत्र उत्तरपूर्व तिर बढ्दै जाँदा यसको यसकाे प्रभावले देशका सातै प्रदेशमा पूर्ण बदली रही वर्षा भइररहेको मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदहरुको अनुसार नेपालमा बदली र वर्षा हुनेकाे प्रमुख कारण अरब सागरमा बनेको निसर्ग चक्रवात सामुद्रिक आँधी कमजोर भएर बनेको न्यून चापीय क्षेत्रको प्रभावले हो । नेपालमा अहिले पश्चिमी तथा स्थानीय वायुको समेत प्रभाव रहेको छ । वर्षाका कारण नेपालका साना तथा ठूला नदी नालाहरु बढ्ने सम्भावना रहेको छ ।

स-साना खोलानाला बढेसँगै बाढी तथा पहिरोको सम्भावना रहेकाले सबैलाई सचेत रहन मौसमविदहरुले आग्रह गरेका छन् । नदी छेउछाउ तथा तटिय क्षेत्रमा रहेका बस्ती उच्च जोखिममा रहेकाले त्यस क्षेत्रका नागरिकहरुलाई उच्च सतर्क रहन अनुरो गरेको छ ।

विशेषगरी शुक्रबारको वर्षाले कन्काई, कोसी, कमला, बागमती, नारायणी, तिनाउलगायत नदीको जलसतह बढ्ने पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका केही क्षेत्रमा मेघ गर्जनसहित चट्याङको पनि सम्भावना रहेको जनाएको छ । त्यस्तैगरी उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेकाले सजग रहन मौसमविदहरुको अनुरोध छ ।

भर्खरै

सम्बन्धित खबर

Language »