मुस्लिम आयोगको अनूगमन समितिलाई मुस्लिम अगुवा तथा समाजसेवी (मुन्ना)को सहयोग


नेपालगञ्ज, नेपालगञ्जका मुस्लिम अगुवा तथा समाजसेवी मोहम्मद जलिल मंसुरी (मुन्ना)ले मुस्लिम आयोग बाँकेको अनुगमन समितिलाई १२ थान पिपिइ सहयोग गर्नुभएको छ ।

बाँके अनुगमन समितिका संयोजक अब्दुल हमीद सिद्दीकी तथा सदस्य मेराज अहमद हिमालयलाई सामान हस्तान्तरण गर्नुभएको हो ।


अनूगमन प्रभावकारी बनाउन मुन्नाले गरेको सहयोग सह्रानीय भएको आयोगले जनाएको छ । मुन्नाले यसअघि मुस्लिम समाज र ब्यक्तिगत तर्फबाट विपन्न समुदायका लागि पनि राहत वितरण गर्नुभएको छ ।

+ posts
Language »