सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

म्यानमारबाट २६ नेपाली काठमाडौं आइपुगे,बसुन्धरास्थि यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखियो

काठमाडौँ । म्यानमार एयर फोर्सको विमानले म्यानमारमा अलपत्र परेका २६ जना नेपालीलाइ शुक्रबार (आज) काठमाडौं ल्याइदिएको छ । म्यानमारस्थित सेनाको एयरफोर्स विमानले २६ जना नेपाली यात्रुलाई लिएर बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

शुक्रबार विमानले ४३ जना लिएर स्वेदश फर्किन कार्यतालिका रहेको क्षेत्रीले बताए । उक्त विमान बिहान ९:४५ बजे अवतरण गर्ने पूर्वनिर्धारित कार्यतालिमा हेरफेर भएको थियो ।

सो विमानले नेपालमा अपलपत्र परेर रहेका ५३ आफ्ना नागरिकलाई लैजाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । आज नेपाल ल्याइएकाहरू वाग्मती प्रदेशका सबैभन्दा धेरै १७ जना रहेका छन् । त्यस्तै प्रदेश १ का ४ जना र गण्डकी प्रदेशका पनि चार जना र प्रदेश ५ का १ जना रहेका छन् । कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने पहलस्वरुप म्यानमारको पहिलो विमानले नेपाली लिएर आएको हो ।

उनीहरुलाई विमानस्थलमा स्वास्थ्य जाँच गरेर अहिले बसुन्धरास्थि यती पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिएको छ ।

आज नै युएईबाट एयर अरेबियाको विमानले १६८ जना नेपाली लिएर अपराह्न ३ बजे काठमाडौं आउँदै छ ।

भर्खरै

सम्बन्धित खबर

Language »