निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

म्हेन्दो मायामा नाचेको धुन्चेबजार कहिले बन्ला त ताम्सालिङ शहर ? (भिडियाे सहित)

काठमाडाैँ । रसुवाकाे धुन्चे बजारमा फागुन १० गते भएकाे बृहत साेनाम ल्हाेछार कार्यक्रममा बग्खु, पाङ्तेन र म्हारमेनमा सजेकी तामाङनीहरूकाे बाक्लाे उपस्थिति थियाे । साेनाम ल्हाेछारकाे अन्तिम दिन र ग्याल्पाे ल्हाेछारकाे आगमनकाे अवसरमा आयाेजित बृहत कार्यक्रमकाे राष्ट्रिय रसुवा संगीतकर्मी संघ र रसुवा कलाकार संघकाे संयुक्त आयाेजनामा भएकाे थियाे ।

राष्ट्रिय रसुवा संगीतकर्मी संघका अध्यक्ष दावा फिन्जाे तामाङकाे विशेष पहलमा र कलाकार संघ रसुवाका अध्यक्ष शिशिर थाेकर लगाएतका युवाहरू याे कार्यक्रम सम्पन्न गर्नका लागि एक महिना देखि खटेका थिए ।

रसुवाकाे माैलिक भाकामा स्वागत गीत प्रस्तुत गर्दै

रसुवाका जनताले आशा राखेकाे थियाे प्रतिनिधिसभा सांसद माेहन बस्नेत नै प्रमुख अतिथिकारूपमा धुन्चेमा आए पछि रसुवाली जनताकाे हितका लागि केहि बाेलिदेला तर प्रमुख अतिथि कार्य व्यवस्तता देखाएर आधा घन्टा पनि नबसि छाेटाे मन्तव्य राखेर हिडि हाले । तर पनि रसुवाकाे जनताले परम्परागत गीत गाएर स्वागत गरेका थिए ।

रसुवाका चर्चित गायक अनि चलचित्र कर्मी नायक धावा फिन्चाे तामाङलाई सम्मान

कार्यक्रममा बाग्मती प्रदेशका सांसद प्रभात लामा , प्रेम तामाङ विशेष अतिथिका रूपमा रहेका थिए भने गोसाईकुण्ड गाउँ पालिका प्रमुख कैसाङ नुर्पु तामाङ, मिनि गोसाईकुण्ड तथा मध्यवर्ति परिषद व्यावस्थापनको अध्यक्ष तेम्प नुर्बु तामाङ अतिथिका रूपमा उपस्थित थिए ।

वास्तवमा भन्नु पर्दा गीतकाे मीठास अनि तामाङ ग्याेइलाेमा सजिएका तामाङनीहरू कुनै चलचित्रकाे नायिका भन्दा कम थिइन ।


ल्हाेछारमा साँच्चिकै आफ्नाै माैलिकता झल्कने विभिन्न झाँकी सहितकाे साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आयाेजककाे तालिका भएता पनि प्रमुख अतिथि माेहन बस्नेत कार्य व्यस्तताकाे समस्या देखाउदै पहिलाे चरणमा नै आफ्नाे मनत्व्य राखेर कार्यक्रम स्थलबाट निस्कनु भएकाे थियाे ।

धुन्चे बजारलाई १५-१५ मिनेटकाे अन्तरमा सिमसिम पानीले रूजाइरहेकाे थियाे तर सांसद प्रेम तामाङकाे भाषण सुन्नकै लागि रसुवाली जनता पानीकाे कुनै प्रभाह नगरी रातकाे ९ बजेसम्म बसिरहेका थिए ।

प्रमुख अतिथि माेहन बस्नेत दुई शब्द बाेलेर मंचबाट बाहिरीए पछि नुन नपुगेकाे तरकारी जस्तै कार्यक्रम खल्लाे भएकाे थियाे तर सांसद प्रेम तामाङकाे आकार्षण अनि म्हेन्दाेमाया कलाकार टिमकाे बेजाेड प्रस्तुतिले त्याे अभाषस दाेहाेर्याउन दिएन ।

म्हेन्दाेमाया कलाकार जाेम्बा कान्छाकाे प्रस्तुतीमा धुन्चेबजार नै नाचेकाे थियाे । रसुवा धादिङ, नुवाकाेटका तामाङहरूले समुदायकाे माैलिक सस्कृतिलाई जगर्ना गरिरहेकाे छ भन्ने गायक जाेम्बा कान्छा तामाङ, राजकिङ वाइवा, नायक , गायक तथा माेडल आरम्भ तामाङ र नृत्याङ्कना रूपाएस घलेकाे प्रस्तुतीले प्रमाणित गरिरहेकाे थियाे । धुन्चेका उपस्थित सम्पुर्ण समुदाय म्हेन्दाेमाया नाचमा कम्मर मर्काउदै नाँच्दै थियाे ।
हास्यकलाकार दिनेश तामाङ, राजन चाैलागाई खैरातेकाे प्रस्तुतीले पेट मिची मिची हाँस्न बाध्य बनाएकाे थियाे ।

नव गायिका प्रविना आचार्यले दाेहाेरी गीत गाएर दर्शकलाई भरपुर रमाइलाे प्रदान गरेका थिए ।

प्रदेश सांसद प्रेम तामाङले रसुवाली कलाकार संघ र संगीत कर्मी रसुवालाई प्रदेश सभाकाे मासिक भत्ताकाे १० प्रतिशत सहयाेग गर्ने घाेषणा गर्नु भयाे । साथै उहाँ भन्नु हुन्छ ”हाम्राे पहिचान प्राप्ति गर्नुका खातिर तिम्रा डम्फुहरू बजाएका थिए । तिम्रा गाडीहरू बाेकेका थिए । हाम्राे पहिचान स्थापित गर्नुका खातिर तिम्राे दरबारमा गएर हाम्रा दिदीबहिनीहरू नाचेका थियाैं । ति दिनहरू गए । तमाङहरू पनि अब बाठा भएका छन् । तामाङहरू अब सचेत भएका छन् । ”एक हातले लेना ताे एक हातले देना” तामाङहरूले यदि तिम्राे पर्यटन वर्ष सफल बनाउन नाचिदिनु पर्छ भने, लामाहरूले नाचिदिनु पर्छ भने , डम्फु बजाइ दिनु पर्छ भने सबैभन्दा अगाडी रसुवामा आएर ताम्सलिङ दिन्छाैं भनेर कागज बनाउ , पर्यटन वर्ष २०२० सफल हुने छ नत्र साेचे हुन्छ अब सरकारले तामाङहरूलाई प्रयाेग गरेर, हामी तामाङहरूकाे धर्म,कला र संस्कृतिलाई प्रयाेग गरेर तिम्रा सपनाहरू पुरा हुने दिनहरू अब गए ।”

राज्यले प्रदेशकाे नामाकरणमा नेवा-ताम्सलिङ घाेषणा नगरेसम्म तामाङ समुदाय सधै दमनमा रहिरहने सांसद तामाङकाे दाबी रहेकाे छ ।

यसैगरी गोसाइँकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले तामाङ समुदायकाे ल्हाेछार प्रवर्द्धनका लागि गाउँपालिकाले कुनै कमि आउन नदिने बचन दिनुभएकाे छ ।

राष्ट्रिय संगीत कर्मी रसवाका अध्यक्ष दावा फिन्जाे तामाङले माैसमले च्यालेन्ज दिएता पनि माया गरेर कार्यक्रममा उपस्थित भएकाे सबैलाइ स्वागत मन्तव्यकाे क्रममा धन्यवाद दिनु भएकाे थियाे भने कलाकार संघ रसुवाका अध्यक्ष शिशिर थाेकर कार्यक्रमकाे सभापति रहेका थिए ।

रसुवामा ताम्सालिङ प्राप्तिका लागि पुनः आन्दाेलनमा लाग्न साँसद तामाङकाे आग्रह

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »