यी महिलाहरूकाे आवाजलाई राज्यले कहिले बन्द गर्न सकेन

संसारका यी महिलाहरूलाई राज्य सत्ताले सधै घृणा गरिरहयाे तर वेवास्ता भने गर्न सकेन । सधै ति महिलाहरूकाे प्रंशानिय कार्यले सम्झना बाध्य बनाउथ्याे । यी महिलाहरूको आवाजलाई राज्यले चाहेर पनि दबाउन सकेन । काे-काे हुन् त ति शक्तिशाली विश्वका महिलाहरू ?

चिमामान्डा न्गोजी अडिची

नाइजेरियाली लेखक हुन् चिमामान्डा । अमेरिकामा बसेर लेखनमा सक्रिय छन् उनी । विश्वविद्यालयहरुमा गएर युवा पुस्तालाई उनले दिने मन्तव्य निकै प्रभावशाली मानिन्छ ।

टाइम्स म्यागजिनको साहित्यिक परिशिष्टांकले उनलाई गत वर्ष मात्रै प्रसिद्ध लेखकको रुपमा प्रस्तुत गरेको थियो । अफ्रिकालाई हेर्ने अमेरिकी नजरको विपक्षमा, अस्वेतहरुको पक्षमा उनका मन्तव्य घतलाग्दा छन् ।

साहित्य लेखनमा सक्रिय उनी गैरआख्यानमा पनि सक्रिय छिन् । उनका थुप्रै अभिव्यक्तिबाट पछिल्लो समय युवा पुस्ता प्रभावित छन् ।

ग्रेटा थन्बर्ग

स्विडेनकी ग्रेटा थन्बर्ग ‘टिनेजर’ छात्रा हुन् । यससँगै वातावरण अभियन्ता पनि । उनको पछिल्लो अभियानले संसारभर प्रभाव पारेको छ । २०१९ को अन्त्यमा ‘टाइम म्यागजिन’ले वर्षव्यक्तिको रुपमा प्रस्तुत गरेपछि पनि धेरैले उनको अभियानबारे जान्ने मौका पाए ।

जलवायु परिवर्तनको असरविरुद्ध उनले २०१८ देखि नै अभियान थालेकी थिइन् । जुन विस्तारै विश्वव्यापी बन्यो । यतिसम्म कि, शक्तिशाली मुलुक सहित संयुक्त राष्ट्रसंघलाई नै उनको अभियानले दबाव दियो । चरणवद्ध रुपमा उनले गरेको प्रदर्शन र अभिव्यक्तिले धेरैलाई प्रभाव पारेको छ । ग्रेटा एक प्रभावशाली वक्ता पनि हुन् ।

क्यामिला भज्जोल

चिलीमा २०११ मा भएको विशाल विद्यार्थी आन्दोलनको नेतृत्व गरेर विश्वभर चर्चामा आएकी महिला हुन् क्यामिला । चिलियन कम्युनिस्ट पार्टीकी नेतृ समेत रहेकी उनी १९८८ मा चिलीको ला लोरिडामा जन्मिएकी थिइन् ।

भालेजो अहिले ला लोरिडा, सान्तिआगोको प्रतिनिधित्व गर्दै च्याम्बर अफ डेप्यूटिजको सदस्य छिन् । उनी कम्युनिस्ट युथ अफ चिलीकी केन्द्रीय सदस्यसमेत हुन् । भालेजोले सुरुमा सन् २०११ मा भएको विद्यार्थी आन्दोलनको नेतृत्व गरेकी थिइन् । उनले चिली विश्वविद्यालय विद्यार्थी संघको अध्यक्ष तथा संघीय चिलीयन विद्यार्थीको प्रवक्ता हुँदा आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् ।

त्यसै बेलादेखि उनी प्रखर नेतृत्वको रुपमा विश्वभर चिनिएकी हुन् । यसपछि २०११ अक्टोबरमा कम्युनिस्ट युथ अफ चिलीको तेह्रौँ राष्ट्रिय कंग्रेसबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

ताराना बुर्क


अमेरिकी महिला ताराना बुर्क नागरिक समाज अगुवा हुन् । उनकै पहलमा २००६ मा ‘मी–टू’ आन्दोलन विश्वभर फैलियो । सामाजिक सञ्जालमा ‘ह्यास ट्याग’ गर्दै सुरु गरिएको यो मुभभेन्ट पछि विश्वव्यापी जागरणको रुपमा विस्तार भयो ।

४६ वर्षीया ताराना अस्वेत समुदायको प्रतिनिधित्व गर्छिन् । जो न्युयोर्कस्थित एक श्रमिक परिवारमा जन्मिएकी थिइन् । गरिबी र सिमान्तकृत समुदायमा हुर्केकी तरानाले बाल्यकालमै यौन शोषण तथा हिंसाको सामना गर्नुपरेको थियो । पछि उनलाई लैंगिक हिंसाविरुद्ध आवाज उठाउन र अभियान सुरु गर्न आमाले साथ दिइन् ।

अरुन्धती रोय

भारतीय अभियन्ता अरुन्धती रोय लेखक पनि हुन् । समकालिन भारतीय समाजमा अरुन्धतीलाई सत्ताले घृणा गर्न त सक्ला, तर ‘इग्नोर’ गर्न सक्दैन । उनलाई ‘अर्बान नक्सलिस्ट’ को रुपमा पनि चित्रित गरिन्छ । अर्थात् अरुन्धतीले भारतीय सिमान्तकृत समुदायको पक्षमा नियमित लेख्दैआएकी छन् ।

कश्मीरी नागरिकको पक्षमा, दुर्गममा पिछडिएका किसान र अल्पसंख्यकको पक्षमा उनले निरन्तर आवाज उठाउँदैआएकी छन् । आख्यानमा समेत सशक्त अरुन्धतीले ‘बुकर प्राइज’ पनि जितिसकेकी छन् ।

इल्हान ओमर

सोमालिया मूलकी अमेरिकी राजनीतिज्ञ इल्हान ओमर प्राभवशाली युवा नेत्री हुन् । लेबर पार्टीबाट विधायिका बनेकी उनी राष्ट्रपति डोनल्ड ट्रम्पको नश्लीय राष्ट्रवादको विपक्षमा खरो उत्रिन्छिन् ।

३७ वर्षीया ओमरलाई संकेत गर्दै राष्ट्रपति ट्रम्पले पनि धेरै पटक कटाक्ष गरे । व्यक्तिगत रुपमै आलोचना समेत गरे । २०१९ को मध्यतिरतिर ट्रम्पले ओमर लगायत आप्रवासीहरुलाई आफ्नै देश फर्कन सुझाव समेत दिए ।

बदला स्वरुप ओमर लगायत महिला नेत्रीहरुको पहलमा राष्ट्रपति विरुद्ध कडा अभियान सुरु भएको थियो । उक्त अभियानमा अरु केही महिला सांसदहरु समेत सामेल भएका थिए । पछिल्लो समय ओमर अमेरिकी राजनीतिबाट हटाउनै नसकिने नाम बनेको छ ।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »