सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युवा सङ्घले सांसद गिरीलाई कारवाही गर्न माग गर्दै निकाल्यो विज्ञप्ति

काठमाडौं । राष्ट्रिय युवा सङ्घ नेपालले सङ्घीय सांसद सरिता गिरीलाई कारवाहीको माग गरेको छ । सङ्घका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले विज्ञप्ति जारी गर्दै सङ्घीय सांसद गिरीले संवैधानिक, राष्ट्रहित प्रतिकूल एवं देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै कारवाहीको माग गरेका हुन् ।

यससँगै बुधबार साँझ उनको घरमा कालो झण्डा गाडिएको छ । प्रहरीले कालो झण्डा हटाएको भएपनि कसले गाडेको हो भन्ने स्पष्ट छैन । केही अज्ञात युवाहरु आएर कालो झण्डा गाडी गएका बताइएको छ ।

उता युवासंघले “संविधानको संरक्षण र पालना गर्ने सपथ खाएकी सांसद गिरीले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्ध संसद्मा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयंले च्यूत गर्नुभएको हाम्रो सङ्गठनको ठहर रहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

सङ्घले गिरीजस्तो गैरजिम्मेवार व्यक्तिलाई संसद् सदस्यबाट अविलम्ब फिर्ता बोलाउनसमेत उनको पार्टीलाई अनुरोध गरेको छ । सङ्घले सांसद गिरीको सङ्घीय संसद् सचिवालय र जनता समाजवादी पार्टीले एक हप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए आफ्नो सङ्गठनले गम्भीरतापूर्वक लिने विज्ञप्तिमा उल्लेख छ ।

भर्खरै

सम्बन्धित खबर

Language »