सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रञ्जनको मुद्दा पुनरावलोकन रिटमाथिको सुनुवाइका लागि पूर्ण इजलास तोकियो

काठमाडौं। सर्वोच्च अदालतले पूर्वडीआइजी रञ्जन कोइरालाको साढे ११ वर्ष कैद घटाएको फैसलाविरुद्ध परेको पुनरावलोकन रिटमाथिको सुुनुवाइका लागि तीन जना न्यायाधीश रहेको पूर्ण इजलास तोकेको छ।

सर्वोच्चले न्यायाधीशहरू बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको इजलास तोकेको हो।

कर्तव्य ज्यान मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले साउनको ८ गते सर्वोच्चको फैसलाविरुदद्ध पुनरावलोकन रिट निवेदन दायर गरेको थियो। सर्वोच्चले गएको असार १५ गते कोइरालाको सर्वस्वसहितको जन्मकैद सजायलाई साढे ११ वर्ष घटाएको थियो।

त्यसपछि कोइराला साउनको सात गते डिल्लीबजार कागागारबाट रिहा भएका थिए।

उनले साढे आठ वर्षमात्रै कैद सजाय भुक्तान गरेका थिए। सर्वोच्चको कैद सजाय घटाउने फैसला भएको झण्डै तीन सातापछि फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि रिट निवेदन दायर गरेको हो।

कोइरालाले श्रीमती गीता ढकालको २०६८ पुस २७ गते हत्या गरेका थिए। हत्या गरेर प्रमाण दबाउन शव पनि जलाएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »