सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रसुवागढी नाकामा नेपाली कामदारलाई कोरोना देखिएपछि नाका सञ्चालनमा अन्योल

काठमाडौँ। रसुवागढी नाका सञ्चालनमा ल्याउनेबारे अन्योल सिर्जना भएको छ। ६ दिनअघि रसुवागढी नाकामा लोड–अनलोड गर्ने नेपाली कामदारमा कोरोना संक्रमण भएपछि चिनियाँ पक्षले आयात रोकेको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार जिलोङ काउन्टीका अधिकारीले तिब्बत अटोनोमस रिजनबाट आदेश आएपछि मात्र नाका खोलिनेछ ।

नेपाली पक्ष स्वास्थ्य सुरक्षाप्रति संवेदनशील नभएको चिनियाँ पक्षको बुझाइ छ। चिनियाँ पक्षले नाकामा काम गर्नेहरूले अरुसँग घुलमिल हुन नहुने र १४–१४ दिनमा पिसिआर रिपोर्ट पेस गर्नुपर्ने सर्त राखेको छ।

नाका सञ्चालनमा आएको भए पनि कोरोना भाइरस संक्रमणका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या छ। कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »