सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रातो मत्स्येन्द्रनाथ रथयात्राको शुभसाइत भदौ २९ गते

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथयात्राको शुभसाइत भदौ २९ गतेका लागि जुरेको छ ।

सोमबार पाटन, मंगलबाजरस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषीहरुबीच भएको छलफल पछि भदौ २९ गतेको साइतमा मूर्तिलाई अवतरण गराइ बुङ्मती लैजाने निर्णय भएको हो ।

ज्योतिषी कृति किरण जोशीले २९ गते बिहान १० बजेर ५ मिनेटदेखि १० बजेर २० मिनेटभित्रको शुभसाइतमा रथबाट मत्स्येन्द्रनाथको मूर्तिलाई अवतरण गराइ बुङ्मती लैजाने निर्णय भएको बताउनुभयो ।

यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकन मूर्तिलाई बुङ्मती पु¥याएको चार दिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको छ ।

वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथयात्रा यस वर्ष कोभिड १९ महामारीका कारण रोकिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »