निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

रामेछाप जिल्लामा १०२ जनाकाे र्यापिट टेष्ट रिपोर्ट नेगेटिभ, ५८ वटा आइसोलेसन र ३०१ क्‍वारेन्टाइन बेड निर्माण

काठमाडौं । रामेछाप जिल्लामा शनिबारसम्म १०२ जनाको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको र्‍यापिड टेस्ट गरिएको छ। परीक्षणमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख जितेन्द्र कर्णले जानकारी दिए भने स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णकाअनुसार जिल्लामा अहिलेसम्म ५८ वटा आइसोलेसन र ३०१ क्‍वारेन्टाइन बेड निर्माण भएका छन्।

उनकाअनुसार गोकुलगंगा गाउँपालिकामा ४१ जना, रामेछाप नगरपालिकामा २४ जना, सुनापति गाउँपालिकामा २१ जना, मन्थली नगरपालिकामा १० जना र लिखु तामाकोसी गाउँपालिकामा ६ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट परीक्षण गरिएको हो।

परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि क्‍वारेन्टाइनमा बसेकालाई डिस्चार्ज गरिएको कर्णले जानकारी दिए। भारत तथा तेस्रो मुलुकबाट आएर रामेछापका विभिन्न क्वारेन्टाइन राखिएका तथा घरमा बसिरहेका व्यक्तिहरुको र्‍यापिड टेस्ट गरिएको उनले बताए। ‘विभिन्न मुलुकबाट जिल्ला भित्रिएका व्यक्तिलाई सम्पर्कमा ल्याएर परीक्षण गर्ने क्रम जारी छ। ‘ उनले भने, ‘जिल्लामा शंकास्पद बिरामी देखिएका छैनन्। यद्यपी स्वास्थ्य सामग्री अभाव हुन नदिनका लागि प्रदेश तथा केन्द्रमा माग गरिएको छ। थप दायरा बढाएर परीक्षण गर्छौ।’विदेशबाट जिल्ला फर्किएका सर्वसाधारणलाई स्वास्थ्यकर्मीको सम्पर्कमा आउनका लागि सूचना प्रवाह भइरहेको उनले बताए। बाहिरबाट आएर गाउँमा लुकेर बसेकालाई व्यक्तिहरुलाई स्वास्थ्य स्वयम्सेविकामार्फत सम्पर्कमा ल्याएर परीक्षण गरिरहेको उनको भनाई छ। पालिका पालिकामा पुगेर स्वास्थ्यकर्मीको टोलीले परीक्षण गरिरहेको छ। जिल्लामा अहिले पनि निगरानीमा ४५ जना होम क्‍वारेन्टाइनमा बसिरहेका छन्।

एक जनाको स्वाब परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइयो

जिल्ला अस्पताल रामेछापमा कोरोना भाइरस संक्रमण भएको आशंकामा एक पुरुषलाई आइसोलेसनमा भर्ना गरिएको छ। मन्थली नगरपालिका एक जना उच्च ज्वरो र कोरोनासँग मिल्दोजुल्दो परीक्षण लक्षण देखिएकाले स्वाब परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कर्णले जानकारी दिए।

‘रिपोर्ट आउन ढिला हुन्छ भनेर हामीले साढे १ बजेतिर स्वाब संकलन गरेर पीसिआर परीक्षण गर्न धुलिखेल अस्पतालमा पठाएका छौं।’ उनले भने, ‘अहिले उहाँ अस्पतालको आइसोलेसनमा हुनुहुन्छ, आरडीटी प्रविधिबाट यहाँ पनि टेस्ट गर्ने तयारीमा जुटेका छौं।’ रामेछाप जिल्ला अहिलेसम्म सुरक्षित रहेको भएपनि शंकास्पद देखिएकाले दुबै विधीबाट परीक्षण गर्न लागिएको उनले जानकारी दिए।

सरकारले र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड-१९ को परीक्षण गर्ने र यसमा पोजिटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने निर्णय गरेको छ।

कुन स्थानीय तहमा कति आइसोलेसन र क्‍वारेन्टाइन बेड ?

स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णकाअनुसार जिल्लामा अहिलेसम्म ५८ वटा आइसोलेसन र ३०१ क्‍वारेन्टाइन बेड निर्माण भएका छन्।

उनकाअनुसार रामेछाप नगरपालिकामा ७ आइसोलेसन बेड र ७० क्‍वारेन्टाइन बेड, मन्थली नगरपालिकामा २२ आइसोलेसन बेड र ३६ क्‍वारेन्टाइन बेड, सुनापति गाउँपालिकामा ६ आइसोलेसन बेड, खाँडादेवी गाउँपालिकामा ११ आइसोलेसन बेड र ४३ क्‍वारेन्टाइन बेड, दोरम्बा गाउँपालिकामा ७ आइसोलेसन बेड र १६ क्‍वारेन्टाइन बेड, उमाकुण्ड गाउँपालिकामा ५३ क्‍वारेन्टाइन बेड, गोकुलगंगा गाउँपालिकामा ५ आइसोलेसन बेड र ३४ क्‍वारेन्टाइन ब‍ेड, लिखु गाउँपालिकामा ४९ क्‍वारेन्टाइन ब‍ेड निर्माण भएका छन्।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »