सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुले बल्ल पाए गत वर्षको तलब

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुले सन् २०१९ को तलब पाएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका ३ श्रेणीका २२ खेलाडीलाइ तलब पठाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले खेलाडीका लागि तलब पठाएपछि क्यानले तलब वितरण गरेको हो।

खेलाडीहरुले नियमित पाउँदै आएको तलबमा १० हजार रुपैयाँ बढेको छ।

ए श्रेणीमा रहेका खेलाडीले ४५ हजार, बी श्रेणीका खेलाडीले ३५ र सी श्रेणीका खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

यसअघि ए श्रेणीका खेलाडीले ३५, बी श्रेणीकाले २५ र सी श्रेणीकाले १५ हजार रुपैयाँ पाउँदै आएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »