निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

राष्ट्रिय युवा संघ नेपाल बाँकेले प्रशासनको ध्यानाकर्षण


नेपालगञ्ज, बाँकेको राप्तिसोनारी गाउँपालिका अन्तर्गत पर्ने नदि नालाहरुको नेपाल सरकारको कानुन अनुसार ठेक्का दिन राष्ट्रिय युवा संघ नेपाले बाँकेल माग गर्दै प्रशासनको ध्यानाकर्षण गराएको छ ।

युवा संघका केन्द्रीय सदस्य किशोर थापाको नेतृत्वमा बिहिवार जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेको टोलीले गैर कानूनी काम जारी रहे कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएको छ ।

युवा संघले ज्ञापन बुझाउँदै तालाबन्दीको चेतावनी दिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउदै युवा संघले राप्ती सोनारी गाउँ पालिकाले तीन पटक ठेक्का आह्वान गर्दा ठेक्का परेको कम्पनी वा व्यक्तिलाई ठेक्का नदिई बदर गरेको साथै पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र केही व्यक्तिको मिलेमतोमा नेपाल सरकारको कानुनभन्दा बाहिर गई आफ्नो अनुकुलका व्यक्तिलाई नदि जन्य पदार्थ उत्खनन तथा निकासी गर्ने मनसायका साथ केही व्यक्तिसँग सम्पर्क गरि पैँसा कमाउने उद्देश्य राखेकाले यसको विरोध जनाउदै सघंले निर्णय तत्काल सुधार्न चेतावनि दिएको छ ।

सघंका जिल्ला संयोजक कुस्माखर बस्याल र सह संयोजक आकाश कार्कीको हस्ताक्षर भएको ज्ञापन पत्रमा यस्तो किसिमको निर्णयले गर्दा राप्तिसोनारी गाउँपालिकाको विकास बजेटमा मात्र मात्र नभइ सिंगो बाँके जिल्लाको विकास बजेटमा असर गर्ने हुनाले नेपाल सरकारको मापदण्ड अनुरुप गतिविधि गर्न अनुरोध गरिएको छ ।

ज्ञापन पत्रमा भनिएको छ ,– मनोगत ढंगले पालिकाले गरेको निर्णय प्रति राष्ट्रिय युवा संघ नेपाल बाँके घोर भत्सर्ना छ , पार्टिगत वा व्यक्तिगत ढंगले नियुक्ति पत्र दिई नदि जन्य पदार्थ उत्खनन तथा निकासी गरेको पाइएमा पालिकामा तालाबन्दी गर्न बाध्य हुनेछौं ।

ज्ञापन पत्र बुझाउन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य किशोर थापा , राष्ट्रिय युवा संघ नेपाल बाँकेका संयोजक र सह संयोजक क्रमश कुस्माखर बस्याल र आकाश कार्की,ज्ञानेन्द्र ओली ,सुरेश जागा लगायतका युवा संघका नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »