निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

राेशिकाे बृहत माघे मेलामा गायक विजय लामाकाे बेजाेड प्रस्तुति हुने

काठमाडाैँ । काभ्रेकाे राेशी गाउँपालिका वडा नं. ४ मा रहेकाे गुप्तेश्वर महादेवकाे संरक्षण तथा प्रवर्द्धनका लागि सानिखाेला माघे संक्रान्ति बृहत मेला २०७६ हुने भएकाे छ ।

माघ १ गतेका दिन लेम्बा वेशीमा हुन लागेकाे मेलामा पूर्व सांसद तथा नेपाली कांग्रेसका युवा नेता तिर्थ बहादुर लामाकाे प्रमुख आतित्थ्यतामा अहिलेसम्म कै ठुलाे मेलाकाे आयाेजना गर्न लागेकाे सानिखाेला लेम्बा वेशी युथ क्लवका अध्यक्ष निर्मल लामाले जानकारी दिनुभएकाे छ ।

कार्यक्रममा विशेष अतिथिका रुपमा रोशि गाउँपालिकाका अध्यक्ष डिबि मोक्तान र नेकपाका युवा नेता अमित लामा रहने छन् ।

गुप्तेश्वर मन्दिरकाे दर्शन गरेमा मनाेकामना पुरा हुने धार्मिक जन विश्वास रहेकाे अध्यक्ष लामाले बताउनु भयाे भने गुप्तेश्वर महादेवकाे विशेषतालाई चिनाउनाका लागि पनि मेलाकाे आयाेजना गरेकाे अध्यक्ष लामाले बताउनु भयाे ।

पर्यटन वर्ष २०२० मा गुप्तेश्वर मन्दिरलाई प्रचार प्रसार गरि आन्तरिक पर्यटकलाई आकर्षण गर्नका लागि मेलाकाे आयाेजना गरेकाे स्थानीय युवा लनम तामाङ र देवराज तामाङले बताए ।

मेलामा गायक विजय लामा, गायिका जितु लाेप्चन, गायक विशाल काल्तन, सुनिल गिरी, लनम लामा लगाएत स्थानीय कलाकारहरूकाे बेजाेड प्रस्तुति रहने आयाेजकाले जानकारी दिएका छन् ।

अहिले क्लवका युवाहरु फलामेसागु, शिखर अम्बोटे, पोडा खोला, सानिखोला दोभान, मंगलटार, कटुञ्जेे वेशी चौकी डाँडा लगाएतका स्थानहरुमा कार्यक्रमको व्यानर र पम्पप्लेट टाँगेर व्यापक प्रचार प्रसार गरिरहेका छन् ।

भिडियाेका लागिः (())

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »