निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

राेशीमा पूर्व सांसद तिर्थ बहादुर लामा र युवा नेता अमित लामालाई ३ किलाेकाे मालाद्वारा सम्मान

काभ्रे । सानीखाेला लेम्बावेशी युथ क्लवका युवाहरूले माघे सांक्रान्ति मेलाकाे अवसरमा माघ १ गते बुधबार प्रमुख अतिथि तिर्थ बहादुर लामा र विशेष अतिथि अमित लामालाई ३ किलाेकाे माला लगाएर सम्मान गरेका छन् । माघे सांक्रान्ति मेला विशेष साँस्कृतिक कार्यक्रम सहित भव्यताका साथ सम्पन्न भएकाे छ ।

राेशी गाउँ पालिका वडा नं. ४ सानी खाेलामा पहिलाे पटक आयाेजना गरेकाे मेला भव्यताका साथ सफल भएकाे हाे ।

स्थानीय युवाहरूका अनुसार प्रत्येक वर्षकाे माघ १ गते हुने उक्त मेलामा झगडा हुने बताएका छन् । तर यसपाली युवाहरूकाे विशेष पहलमा आयाेजना गरेकाे मेलाले नयाँ रूप लिएकाे उनीहरू बताउ छन् ।

पूर्व साँसद तथा नेपाली काँग्रेसका युवा नेता तिर्थ बहादुर लामाकाे प्रमुख आतित्थ्यतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा नेकपाका युवा नेता अमित लामा विशेष अतिथिका रूपमा रहेका थिए ।

युवा नेता अमित लामाले सानीखाेला लेम्बावेशी युथ क्लवका युवाहरूले स्थानीय तहमा रहेका महत्वपुर्ण धार्मिक तथा पर्यटकीय स्थलकाे प्रवर्द्धन तथा प्रचार प्रसारका लागि आयाेजना गरिएकाे महत्वसले स्थानीय सरकारलाइ मात्र हाेइन कि केन्द्र सरकारलाइ पनि एक प्रकारकाे राम्राे सन्देश दिएकाे बताउनुभयाे ।

पर्यटन वर्ष २०२० मनाइ रहेकाे छ । याे महाेत्सवले पनि पर्यटन वर्षलाइ सफल बनाउन विशेष भुमिका निर्वाह गरेकाे युवा नेता अमित लामाकाे दाबी रहेकाे छ ।

यसै गरी प्रमुख अतिथि तिर्थ बहादुर लामाले युवाहरूकाे प्रयासले सानीखाेलाकाे साँस्कृतिक तथा धार्मिक स्थानकाे प्रचार-प्रसार राम्राे भएकाे हुनाले प्रत्येक वर्ष यस खालकाे मेला आयाेजना गर्न अनुराेध गर्नु भयाे ।

उहाँले युवाहरूकाे उत्साह र क्षमतालाई सरकारले पहिचान गर्न नसकेकाे कारणले नै युवाहरू विदेशीनु परेकाे आराेप लाएका छन् ।

कार्यक्रममा राष्ट्रिय लाेक गायक बिजय लामा, सेलाे गायक बिशाल काल्तान, गायिका जितु लाेप्चन र स्थानीय कलाकारहरूकाे बेजाेड प्रस्तुति रहेकाे थियाे ।

क्लवका अध्यक्ष निर्मल लामा, सदस्यहरू देवराज लामा, लानम लामा लगाएतका युवाहरूकाे सक्रितामा भएकाे मेला अनुशासित र भव्यताका साथ सम्पन्न भएकाे छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »