निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

राेशी गाउँपालिकालाई साक्षरता घाेषणा गर्न सफल

काभ्रे । जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष उद्धव के. सी.काे प्रमुख आतित्थ्यतामा राेशी गाउँपालिकालाई साक्षर गाउँपालिका घाेषणा गरेको छ । गाउँपालिका भित्र बसेबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९८.९७ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि आज एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव के.सी.ले रोशी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरेका हुन् ।

स्थानीय तह भित्रका कम्तीमा ९५ प्रतिशत जनसंख्या साक्षर भएपछि उक्त स्थानीय तहलाई साक्षर स्थानीय तह घोषणा गरेर बाँकी जनसंख्यालाई निरन्तर रुपमा साक्षर गराउँदै जाने नेपाल सरकारको नीति अनुरुप आज रोशी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको हो । यो सँगै काभ्रे जिल्लामा रहेको १३ ओटा स्थानीय तह मध्ये चौंरीदेउराली गाँउपालिका मात्रै साक्षर घोषणा हुन बाँकी रहेको छ । चौंरीदेराली गाउँपालिकालाई पनि फागुन १ गते साक्षर घोषणा गर्ने तयारीका साथ काम भइरहेको गाँउपालिकाले जनाएको छ ।

साक्षर घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव के. सी.ले स्थानीय तहलाई साक्षर घोषणा गरेर मात्र हुँदैन, यसलाई क्रियाशिल बनाउन र निरन्तरता दिन आवश्यक रहेको बताए ।

त्यसैगरी रोशी गाउँपालिकाका अध्यक्ष डि.वि.लामाले रोशी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण विद्यालय तथा शिक्षकहरुमा धन्यवाद दिए । आइपरेका समस्या चुनौतिहरुलाई सम्बोधन गर्दै आगामी दिनमा अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

कार्यक्रममा रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी वर्तौला, प्रमुख प्रशासकिय अधिकृत डम्बर दाहाल, नमोबुद्ध नगरपालिकाका शिक्षा शाखा प्रमुख जनार्दन रिजाल, रोशी गाँउपालिकाका प्रवक्ता पदम लामा लगायत वडा अध्यक्षहरु, शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंख बुद्ध लामा, पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना, प्रेस संगठनका अध्यक्ष भुवन रायमाझी लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो । गाउँपालिकाको सभाहल कटुन्जेवेँशीमा सञ्चालित घोषणा सभामा साक्षरता विवरणहरु शिक्षा शाखाका प्रमुख राम बहादुर तामाङले प्रस्तुत गरेका थिए ।

रोशीलाई साक्षर बनाउन पालिकाभित्र रहेका १६ वटा माध्यामिक विद्यालय, ४ वटा सामुदायिक सिकाई केन्द्र र सबै बालविकास केन्द्रले साक्षरता कक्षा सञ्चालन गरेका थिए । काभ्रे जिल्लालाई माघ २० गते भित्र साक्षर घोषणा गर्ने लक्ष्य भएता पनि सबै पालिका साक्षर नभए पछि योजना अलि पर धकेलिएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »