सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रुकुम घटनाका दोषीमाथि कारबाही माग गर्दै माइतीघरमा राष्ट्रिय दलित पत्रकार संघको प्रदर्शन

काठमाडौं । रुकुम पश्चिम चौरजहारी घटनामा संलग्नमाथि कारबाही माग गर्दै माइतीघर मण्डलामा शुक्रबार प्रदर्शन भएको छ । बस्ती संरक्षण अभियान नेपालको संयोजकत्वमा राष्ट्रिय दलित पत्रकार संघलगायत विभिन्न संघ–संस्थाले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका उनीहरूले पीडितलाई न्याय र उचित क्षतिपूर्ति दिनुपर्ने, घटनामा संलग्नहरुको संरक्षण गर्नेलाई कारबाही गर्नुपर्नेलगायत माग गरेका छन् । केही दिनअघि मात्रै चौरजहारीमा केटी लिन भन्दै आएका जाजरकोटका नवराज विक र उनका साथीको शव भेरी नदीमा भेटिएको थियो । घटनामा १ जना बेपत्ता छन् ।

१९ जनाको समूहमा आएका उनीहरुलाई केटी पक्ष र स्थानीयले हत्या गरेको आरोप लागेको छ । अनुसन्धानका लागि वडाध्यक्षसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »