सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रौतहटमा भारतीय महिलाद्वारा सशस्त्र प्रहरीमाथि धारिलो हतियार प्रहार

रौतहट । रौतहटमा भारतीय महिलाले धारिलो हतियार प्रहार गर्दा सशस्त्र प्रहरीका एक वरिष्ठ हवल्दार घाइते भएका छन् ।

शुक्रबार साँझ भारतबाट नेपाल प्रवेश गर्न खोज्ने दुईजना महिलालाई सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न रोकेपछि स्थिती तनावपूर्ण बनेको हो ।

सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न रोकेपछि एक भारतिय महिलाले आफुसँग रहेको हँसियाले सशस्त्र प्रहरीमाथि आक्रमण गरेकी थिइन् ।

उनको आक्रमणमा परेर सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार लिला बहादुर थापा घाइते भएका छन् । उनको दाहिने हातको कुहिना काटिएको छ ।

उनी बौद्धिमाइ नगरपालिकाको स्वास्थ्य केन्द्रमा उपचार पश्चात ड्युटीमा फर्किसकेका छन् । उनलाई आक्रमण गर्ने महिला भारतको जिल्ला पूर्वी चम्पारण कबैया पन्चायत ०६ खर्सलवा बस्ने सीमा देवी कुशहवा रहेको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »