निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

लकडाउनका कारण समस्यामा परेका नेपाल पत्रकार महासंघ बाँके शाखालाई जेसिजले दियो खाद्यान्न सहयोग

नेपालगञ्ज, नेपालगन्ज जेसिज २०२० ले मंगलवार नेपाल पत्रकार महासंघ बाँके शाखालाई खाद्यान्न सहयोग प्रदान गरेको छ ।

लकडाउनको कारण समस्यामा परेका पत्रकार, पत्रिका वितरक, बजार व्यवस्थापक, बजार प्रतिनिधि, कम्प्युटर अपरेटर, मेसिन अपरेटरलाई सहयोग गर्ने उद्देश्यले नेपालगन्ज जेसिज २०२० ले खाद्यान्न उपलव्ध गराएको हो ।

जेसिज नेपालगन्ज २०२० का अध्यक्ष प्रज्वल श्रेष्ठले मंगलवार नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुलाई खाद्यान्न हस्तान्त्रण गर्नुभएको हो ।

जेसिजले प्रदान गरेको खाद्यान्न सामाग्रीमा चामल ८ बोरा, तेल ८ लिटर, नुन ४ केजी, चिनी ४ केजी, चियापत्ती ४ डिव्वा, दाल ८ केजी, विस्कुट १० पिस उपव्ध गराएको जेसिज नेपालगन्ज २०२० का अध्यक्ष प्रज्वल श्रेष्ठले बताउनुभयो ।

खाद्यान्न हस्तान्त्रण कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष प्रदिप वाग्ले, पत्रकार भगतराम थारु, दिनेश ठाकुर, राजेश आचार्य, मेराज सल्मानी, जावेद अहमद हल्वाई, जेसी प्रकाश कुवंर, दिनाचल बर्नवाल, आदित्य गुप्ता, अजमल सिद्दिकी लगायतको सहभागिता रहेको थियो

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »