सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउनबारे छलफल गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएको लकडाउनको मोडालिटी परिवर्तनलगायतका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बालुवाटार स्राेतले जनाएकाे छ ।

आज यही विषयमा छलफल गर्न मन्त्रिपरिषद बैठक बाेलाइएकाे छ । बैठकमा जारी लकडाउनलाइ कसरी खुकुलाे पार्दै लैजाने र कुन माेडल अपाउने भन्नेबारे छलफल हुने र कुनै नयाँ निर्णय गर्न सक्ने बताइएकाे छ ।

बुधबार र मंगलबार बसेकाे काेभिड- १९ राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले पनि लकडाउनकाे विकल्पबारे छलफल गरेकाे थियाे । समितिले पनि लकडाउनकाे माेडालिटी परिवर्तनबारे सरकारलाइ प्रस्ताव गरेकाे छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ। सरकारले पछिल्लो पटक थपेको म्यादअनुसार आगामी जेठ ३२ गतेसम्म लकडाउन छ ।

लामो समयको लकडाउनले जीविकोपार्जनमा समस्या भएपछि र राजस्व पनि गुमेपछि सरकारलाई लकडाउन खुकुलो पार्नुपर्ने दबाब छ ।

भर्खरै

सम्बन्धित खबर

Language »