सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउनमा झन्डै २ सय किमी सडक कालोपत्रे

काठमान्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले लकडाउनको अवधिमा झण्डै २ सय किलोमिटर सडक कालोपत्रे भएको बताएका छन्। उनले काठमाडौंबाहिर १ सय ७७ र काठमाडौं उपत्यकामा ९ किमी सडक कालोपत्रे गरिएको बताए।

उनले भने, ‘लकडाउनको बेलामा हामीले धेरै काम गरेका छौं। काठमाडौंबाहिर १ सय ७७ किमी सडक कालोपत्रे गरिएको छ भने २ सय ३० किमी सडक ग्राभेल भएको छ। सडकको ट्रयाक १ सय ४४ किमी खोलिएको छ। १ सय ५४ किमी मर्मत भएको छ।’

सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री नेम्वाङले यही अवधिमा३९ वटा पुलको निर्माण सकिएको छ। लकडाउनकै बेलामा उपत्यकामा सडक कालोपत्रे बनाउनेदेखि खाल्डाखुल्डी पुर्ने काम भएको छ। ९ किमी सडक कालोपत्रे भएको छ भने १८ किमी सडकको खाल्डाखुल्डी पुर्ने र मर्मतको काम भएको छ।

‘मैले यो मन्त्रालय सम्हालेको ६ महिना भयो। मैले त्यतिबेला नीतिगत सुधार गरेर काम गर्छु भनेको थिए। काठमाडौं संघीय राजधानी भएकाले यसलाई व्यवस्थित बनाउँछु भनेको थिएँ। यसलाई धुलोरहित, वातावरण मैत्री र खाल्डाखुल्डी पुर्ने मर्मत सम्भार गर्ने काममा ध्यान दिन्छु भनेको थिए।’ उनले भने

उनले ५ वटा पुलसहित काठमाडौंमा ६५ वटा आयोजनाको काम भइरहेको पानि जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »