सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउन अवधिभर मात्रै २ हजार २१८ जनाले गरे आत्महत्या

काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणका लागि घोषित लकडाउन अवधिमा देशैभर दुई हजार २१८ वटा आत्महत्याका घटना भएका छन्।

आत्महत्यासम्बन्धी फरक–फरक तथ्यांक सार्वजनिक भएपछि नेपाल प्रहरीले आफ्नो अभिलेखमा भएका आत्महत्याका घटनाको विवरण सार्वजनिक गरेको हो।

११ चैत २०७६ देखि ४ साउन २०७७ सम्मको एक सय १८ दिनमा भएका आत्महत्याका घटनामध्ये दुई हजार २०२ वटा मुद्दा दर्ता गरेको छ।

सबैभन्दा धेरै एक हजार १७२ पुरुषले आत्महत्या गरेको प्रहरी तथ्यांक छ। आत्महत्या गर्नेमा ८११ महिला, ९४ बालक र १४१ बालिका छन्।

सबैभन्दा धेरै झुन्डिएर आत्महत्याका एक हजार ८२८ वटा घटना एका छन्। विष खाएर ३४६, आगो लगाएर आत्महत्याका ४ वटा घटना भएका छन्। औजार तथा हतियारबाट ८, हामफालेर १९ करेन्ट लगाएर एक र डुबेर आत्महत्याका १२ वटा घटना भएको नेपाल प्रहरीले जनाएको छ।

आर्थिक वर्ष ०७५÷७६ को ०७५ चैत १ देखि २०७६ असार ३१ गतेसम्म आत्महत्याका दुई हजार २६७ घटना भएका थिए। सबैभन्दा धेरै झुन्डिएरै एक हजार ७२८ ले आत्महत्या गरेका थिए।

मुद्दा कम दर्ता भएको प्रहरीको तथ्यांकले देखाएपनि घटना भने लकडाउनको समयमा धेरै भएको देखिन्छ।

भर्खरै

सम्बन्धित खबर

Language »