निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

लकडाउन तत्काल हट्दैन, छुट्टै संयन्त्र चाहिँदैन – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारी विरुद्ध लड्न सरकार भन्दा भिन्न संयन्त्र आवश्यक नरहेको र लकडाउन छिट्टै अन्त्य नहुने समेत बताएका छन् ।

संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको भन्दै प्रधानमन्त्री ओलीले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने नहुने कुरा प्रष्ट पारेका छन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा कुरा गर्दै प्रधानमन्त्रीले सरकार स्वयंले बैधानिक अथोरिटीका साथ काम गरेको बताएका हुन् । उनले भने, ‘सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यकता छैन । सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगरौं ।’

प्रधामनन्त्रीले सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै नरम बनेर लापरबाही नगर्न पनि मुख्यमन्त्रीहरुलाई आग्रह गरे । विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमत्रीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।

सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरुको जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »