सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लक्षण नभएका संक्रमितलाई १४ दिनपछि परीक्षणविनै डिस्चार्ज गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमतिलाई १४ दिनपछि कोरोना परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सबै सामाजिक विकास मन्त्रालय तथा कोरोना विशेष अस्पतालहरुलाई परिपत्र गरेर कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्न निर्देशन दिएको हो ।

लक्षण बिहीन कोरोना संक्रमितको संक्रमण पुष्टि भएको १० दिन पछि पुनः परीक्षण गरी डिस्चार्ज गर्न आग्रह गरेको छ ।

कोरोना संक्रमण भएको १० दिनपछि कोरोना परीक्षण गरि रिपोर्ट नेगेटिभ आएमा डिस्चार्ज गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

उनले १४ दिन भन्दा बढी समय अस्पतालमा राखेमा त्यसको खर्च सरकारले नव्यहोर्ने बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »