लक्ष्मी लघुवित्त वित्तीय संस्था लिद्धारा खजुरा गाउपालिकालाई कोरोना व्यावस्थापनलाई चेक हस्तान्तरण

नेपालगञ्ज,लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LxLB) ले बाँकेले खजुरा गाउपालिकाको कोरोना राहत विपद तथा क्वारेन्टिन व्यावस्थापनकोलागि चेक हस्तान्त्ररण गरेको छ ।

खजुरा गाउपालिकाको कार्यालयका वडा नम्बर २ का अध्यक्ष देवि लाल शर्मालाई शाखाका शाखा प्रबन्धक ललिजन ऐडी मार्फत चेक हस्तान्तरण गरिएको हो ।

खजुरा गाउपालिका २ बाके स्थीत लक्ष्मी लघुवित्त वित्तीय संस्था लि। शाखा कार्यालय सितापुरद्धारा कोरोना राहत विपत तथा क्वारेन्टिन व्यावस्थापनको लागी आईतबारको दिन रु १५००० को चेक हस्तान्तरण गरिएको हो ।

यस अघि संस्थाले सातवटै प्रदेश लाई २÷२ लाखको दरले रु १४००,००० सहयोग गरी सकेको छ भने ७२ वटा शाखाकार्यालय रहेको स्थानियकार्यालयमार्फत थप ७,००,००० गरी देश भरी जम्मा रु२१००००० सहयोग हुने संस्थाले जनाएको छ ।

शाखाले आफनो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत केहि भए पनि कोरोना विरुद्धको लडाईमा एक्यबद्धता जनाउन पाएकोमा निकै खुशी लागेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लि। शाखा कार्यालयका शाखा प्रबन्धक ललिजन ऐडीले जनाएका छन ।

साथै शाखा कार्यालय अन्तरगत आफनो ग्राहक सदस्यहरुलाई सुरक्षित रहन र आगामी असार मसान्तसम्म व्याज दर घटेको हुदा जति सकिन्छ किस्ता जम्मा गर्न समेत संस्थाले जनाएको छ ।

+ posts
Language »