निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

लगातार ३ पटक आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी एक युवतीको मृत्यु

वीरगन्ज । वीरगन्जमा लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका-१० अशोकवाटिकाकी २३ वर्षिया अविवाहित युवतीको आइतबार बिहान मृत्यु भएको हो।

ब्लड क्यान्सर रोगले ग्रसित ती युवतीको चितवन भरतपुरको क्यान्सर हस्पिटलमा उपचार हुँदै आएको थियो। एक महिना पहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी युवतीलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले सुरुमा नेशनल मेडिकल कलेजमा लगेका थिए। तर मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि युवतीलाई एडभान्स हस्पिटलमा पुर्‍याइएको थियो। एडभान्स हस्पिटलले पनि आइसियु बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटलमा लगेका थिए।

शनिबार तराई हस्पिटलका स्वाथ्यकर्मीले कोरोना भाइरस संक्रमणको आशंकामा ती युवतीको पहिलो आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि पुन:अर्को पटक आरडिटी टेष्ट गरेका थिए। दोस्रो पटकको आरडिटी रिपोर्ट पनि पोजिटिभ नै आएको थियो।

तराई हस्पिटलमा लगातार दुई पटकको आरडिटी टेष्ट रिपोर्ट पोजिटिभ आएपछि शनिबार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेको थियो। तेस्रो पटकको आरडिटी टेष्ट रिपोर्ट पनि पोजिटिभ नै आएपछि युवतीलाई आइतबार बिहान १ बजेतिर तराई हस्पिटलबाट एम्बुलेन्स राखेर नारायणी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

अहिले युवतीको शव नारायणी अस्पतालमै राखिएको छ। युवतीको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरेर पिसिआर परीक्षणको लागि हेटौंडाको प्रयोगशालामा आइतबार बिहान पठाइएको मेसु उपाध्यायले जानकारी दिए। ‘३ पटक लगातार आरडिटी टेष्टमा रिपोर्ट पोजिटिभ आएपछि केश शंकास्पद देखियो, त्यहि यकिन गर्न स्वाब हेटौंडा पठाएका छौँ , मेसु उपाध्यायले भने ,‘ प्रयोगशालामा पुगेको २४ देखि ४८ घण्टा भित्रमा रिपोर्ट आइ पुग्ने गरेको छ।’

अन्नपुर्णपत्रिकाबाट साभार

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »