निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

लायन्स क्लब अफ काठमाडौं, “इभा” दक्ष जनशक्ति उत्पादन तथा रोजगारको वातावरण बनाउदै।

काठमाडौं। लायन्स क्लब अफ काठमाडौं इभाद्वारा एक वर्ष भित्र ३०० जना बेरोजगार युवाहरूलाई हस्पिटालिटी सम््बन्धि सिपमुलक तालिम दिइ रोजगारी दिने तयारी गरेको छ। जस अन्तर्गत पहिलो चरणमा ३० जनालाई तालिम दिई रोजगार पनि दिइएको छ।


लायन्स क्लब अफ काठमाडौं इभाका चार्टर अध्यक्ष शिव भक्त रंजितको सभापतित्वमा ब्लु स्टार इभेन्टस् भेन्युमा पहिलो चरणको कार्यक्रम समापन गरिएको हो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि १ का डिस्ट्रीक गभर्नर लायन इन्दु लम्साल तथा अतिथीको रुपमा क्रमशः चिफ डिस्ट्रीक एडभाइजर लायन महेन्द्र पौडेल, क्याविनेट ट्रेजरर लायन भिम पौडेल, क्लस्टर चिफ सरस्वती ज्ञवाली, रिजन चियर पर्सन यमुना भण्डारी, जोन चियर पर्सन बिष्णु भण्डारी लगायतको उपस्थिति थियो। कार्यक्रममा तालिम पाएका युवाहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै उनीहरुले कार्यक्रममा उपस्थित सबैलाई आफूले पाएको तालिमको सानो अंशको प्रयोग गरी देखाएका थिए ।


समाजको विविध आयामहरुमा सेवा पुर्याउदै आएको इभाद्वारा यहीँ आउँदो चैत्र मसान्तसम्ममा थप ७० जनालाई तालिम सहित रोजगारको वातावरण बनाउने र आउँदो दिनहरुमा थप संख्याको लागी तयारीमा रहेको क्लबका चार्टर अध्यक्ष शिव भक्त रंजितले बताउनु भयो।


त्यसैगरी प्रमुख अतिथी लायन इन्दु लम्साल लगायतका वक्ताहरुद्वारा युवाहरूलाई आफ्नै मुलुकलाई पहिलो प्राथमिकतामा राखी आफ्नो ज्ञान, सीप तथा श्रम आफ्नै मुलुकमा लगानी गर्न आग्रह गरेका थिए।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »