सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लिदी पहिरो अपडेट : पुरिएका ३० जनाको शव फेला

सिन्धुपाल्चोक। गत शुक्रबार विहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये थप पाँच जनाको शव फेला परेको छ ।

तीन महिला, एक पुरुष र एक बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

आज हिरा दोङ, सानुकान्छा दोङ, बिबिरानी दोङ, ललिता दोङ र सङ ल्हामु पाख्रीन दोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिए । यससँगै पहिरोमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । ९ जना अझै बेपत्ता छन् ।

हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १४ महिला छन् । तीमध्ये १४ बालबालिका मात्रै छन् । बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »