सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लिदी पहिरो : पुरिएका थप १ जनाको शव भेटियो, ६ अझै बेपत्ता

सिन्धुपाल्चोक । दश दिनअघि सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये आज थप एकको शव फेला परेको छ ।

आज एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

आज ७२ वर्षिया एकल महिला वाङ्ची ल्हामो दोङको शव फेला परेको काफ्लेले जानकारी दिए । योसँगै पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ३३ पुगेको छ भने ६ जना अझै बेपत्ता छन् ।

हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १७ महिला छन् । तीमध्ये १५ बालबालिका मात्रै छन् ।

बेपत्ताको सशस्त्रका निरीक्षक शितल श्रेष्ठ, नेपाल प्रहरीका निरीक्षक हरि भट्टराई तथा सेनाका क्याप्टेन शैलेन्द्र बिष्टको नेतृत्व खोजी भइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »