सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लेबननका प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूद्वारा सामुहिक राजीनामाको घोषणा

काठमान्डौ। लेबननका प्रधानमन्त्री हसन डिएबसहितका सबै मन्त्रीहरूले राजीनामा दिएका छन् ।

राजधानी बेइरुतमा शक्तिशाली बिस्फोट भएको एक सातापछि प्रधानमन्त्री डिएबसहित सबै मन्त्रीहरूले सामुहिक राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री हसन डिएबले सोमबार बेलुका टेलिभिजनमार्फत सम्बोधन गर्दै सामुहिक राजीनामा दिएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

नेताहरुको बेवास्ता र भ्रष्टाचारका कारण देशको अवस्था खराब बनेको तथा सोही कारण बिस्फोट भएको आरोप लगाउँदै जनस्तरमा आक्रोश चुलिएपछि लेबनन संकटमा फस्दै गएको छ ।

कम्तीमा २२० जनाको ज्यान जाने गरी गत मंगलबार बेइरूतमा भएको बिस्फोटमा ६ हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »