सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वडाध्यक्षकै सक्रियतामा कोरोना संक्रमितको घरमा ताला लागाइयो

भक्तपुर। भक्तपुरमा कोरोना संक्रमितको एक घरमा वडा कार्यालयले ताला लगाएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० मा एक जना कोरोना संक्रमितको घरमा वडाध्यक्षले ताला लगाइदिएका हुन् ।

उक्त घरका ४७ वर्षीय पुरूषमा केही दिनअघि कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको छ ।

घरबेटीलाई संक्रमण देखिएपछि भाडामा बस्ने ५ जनासहित १० जनालाई भित्रै राखेर ताला लगाइएको हो । वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले स्थानीय, घरबेटी र प्रहरीसँग समन्वय गरेर ताला लगाएको बताउनुभयो ।

वडा कार्यालयले घरमा ताला लगाईदिएपछि कमलविनायक स्थित संक्रमित पुरुषका परिवार र डेरागरी बस्ने तीन परिवारका १० जना घरभित्र थुनिएका छन् ।

अन्य स्थानमा यस अघि कोरोना संक्रमित भेटिएपछि संक्रमितको टोलका केही भाग मात्रै संक्रमित क्षेत्र भनेर सिल गर्ने गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि संक्रमितको पहिचान खुल्ने गरि कुनै पनि गतिविधि नगर्न भनेको छ।

संक्रमितको घरमा ताला लगाउनु गलत भएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले यसबारे आफूलाई थाहा नभएको र केही अवाञ्छित गतिविधि भएको रहेछ भने बुझ्ने बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »