निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

वडा नम्बर २३को कार्यालयद्वारा राहत वितरण

नन्दलाल साहू
नेपालगन्ज ,
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ ले शुक्रबार पहिलो चरणको राहत वितरण गरेको छ ।


लकडाउनका कारण ज्याला मजदुरी गरि खाने, लकडाउनबाट अति प्रभावित, बिपन्न, असहायहरुको लगत संकलनको आधारमा ६० घर परिवारलाई राहत वितरण गरिएको वडा नं। २३ का वडा अध्यक्ष मोहम्मद हुसैन शेषले बताएका छन् ।


सामाजिक दुरि कायम गरि पहिलो चरणको राहत वितरण कार्यक्रममा वडा कार्यालयले भज्जुपुर्वाका १६ , लोहारनपुर्वाका १५ तथा जंगलिसिंहपुर्वाका २९ घरलाई राहत वितरण गरेको छ ।
प्रति घरपरिवारलाई १५ किलो चामल, अरहर दाल २ किलो, १ लिटर तेल, ५ किलो पिठो, ५ किलो आलु, १ किलो नुन तथा १ थान साबुन वितरण गरिएको हो ।


उनले राहत वितरण कार्यमा वडा सदस्यहरु मसिउल्ला शेष, अजीज बेहना, गीता चमार, साकुरुन नाऊ, अधिकृत महेश यादव, लेखापाल नवीन सुवेदी, धर्मेन्द्र श्रीवास्तव लगायतको टोलीको सहभागिता रहेको थियो ।


पहिलो चरणमा छुटेका नागरिकलाई दोश्रो चरणमा लगत संकलन गरि पुनस् राहत वितरण गरिने वडा अध्यक्ष मोहम्मद हुसैन शेषले जानकारी दिएका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »