निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

वषौं देखि विद्यालयको जग्गामा व्यक्तिको हालिमुहालि, जग्गा हडप्नेमा व्यापारी देखि समाजसेवीसम्म

सिन्धुपाल्चोक । राज्यको सम्पति दोहन गर्नेहरुमा उपल्ल तहका मानिसहरुकै हात रहेको तथ्यहरु सार्वजानिक भईरहेको अवस्थामा, सिन्धुपाल्चोकको बिभिन्न ठाउँहरुमा समेत सार्वजानिक जग्गा तथा विद्यालयको जग्गा वषौं देखि व्यक्तिले भोगचलन गरिरहेको पाईएको छ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं. ७ मा पर्ने श्री बालशिक्षा माध्यमिक विद्यालयको नाममा लालपुर्जा रहेको कराडौं मुल्यपर्ने जग्गा स्थानिय व्यापारी,राजनैतिक कार्यकर्ता , शिक्षक तथा समाजसेवीको मिलेमतोमा अतिक्रमण भएको नाम नबताउने शर्तमा एक स्थानियले जानकारी दिएका छन् ।

विद्यालयको नाममा श्रेष्ता कायम रहेको साबिक माङ्खा ६ कित्ता नं. ३३०, कित्ता नं. ४१७, कित्ता नं. १३१७, कित्ता नं. १३३०, कित्ता नं. १४८३, कित्ता नं. १५२३, कित्ता नं. १५२५ मध्य केहि भागमा विद्यालयको भवन , खेलकुद मैदान रहेको भएपनि अधिकांश जग्गा व्यक्तिहरुको कब्जामा रहेको स्थानियहरुको दावी छ ।

जग्गा कब्जा गरेर बस्नेमा पुर्व जनप्रतिनिधि देखि ब्यापारी तथा राजनैतिक पहुँचमा रहेका व्यक्तिहरु रहेका छन् ।

जग्गा अतिक्रमण गर्नेहरुलाई सबै पार्टीको संरक्षण हुनेगरेकोले कसैले पनि मुख खोलेर बोल्न नसक्ने भएकोले वषौं देखि उनिहरुले भोगचलन गरिरहेको स्थानियको भनाई छ ।

केहि समय अगाडी सो जग्गाको बिषयमा मुद्धा परेको भएपनि सडकले २५ मिटरको मापदण्डमा परेको भन्दै रोकेको थियो ।

श्री बालशिक्षा माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा तत्कालिन वडा अध्यक्ष कार्केल लामा रहेको बेला विद्यालयको जग्गामा वडा कार्यालय बनाउने निर्णय गरेपछि विवाद भएर वडा कार्यालय समेत बन्न नसकेको अवस्था रहेको एक जानकारले बताएका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »