सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विपन्नलाई मासिक ५ हजार दिन कांग्रेस सांसदको ज्ञानेन्द्रबहादुर कार्की प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले काम गुमाएका श्रमिक र विपन्न किसानलाई तीन महिनाका लागि मासिक ५ हजार दिने प्रस्ताव गरेका छन् । सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै कार्कीले यस्तो प्रस्ताव गरेका हुन् ।

मुलुकलाई रोग र भोकबाट जोगाउने गरी बजेट ल्याउन सांसद कार्कीले सुझाव दिए । नेता कार्कीले अमेरिकी सहयोग नियोग (एमसीसी) लाई सत्तारुढ दलभित्रको विवादको विषय बनाउन नहुने पनि बताए । ‘एमसीसी चाँडै सदनमा पेश हुनेछ र घनिभूत छलफल हुनेछ’ उनले भने ।

मुलुकलाई रोग र भोकबाट जोगाउन आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘रोजगारी गुमाएका श्रमजीवी, वेरोजगार र विपन्न वर्गलाई महिनाको ५ हजारका दरले तीन महिनाका लािग १५ हजार रुपैयाँ दिन प्रस्ताव गर्दछु ।’

कार्कीले प्रतिनिधिसभाको बैठकमा भारतीय साहित्यकार सर्वेश्वर दयालको कवितालाई नेपालीमा अनुवाद गरेर सुनाए । पूर्वअर्थमन्त्रीसमेत रहेका कार्कीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले अहिलेको समस्या समाधान गर्न नसक्ने बताए ।

‘अहिलेको प्राथमिकता मानवसंकट, स्वास्थ्यउपचार, राहत र अर्थतन्त्रको पुनर्वहालीमा केन्द्रित हुनुपर्छ । तर यी कुरालाई नजरअन्दाज गरेर नीति तथा कार्यक्रम ल्याइएको छ, यसले थप विकराल अवस्था सिर्जना गर्न सक्छ ।’

भर्खरै

सम्बन्धित खबर

Language »