सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विशेष अदालतमा १८ वर्षयताकै धेरै मुद्दा दर्ता भएको पुष्टि

काठमाडौं/ ०१ साउन।
विशेष अदालतको १८ वर्षको इतिहासमै सबैभन्दा धेरै मुद्दा दर्ता भएको पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा यस वर्ष मात्रै ४ सय ५० थान भ्रष्टाचारसँग सम्बन्धित मुद्दा दर्ता भएको बताएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा अहिलेसम्मकै सबैभन्दा धेरै मुद्दा दर्ता भएका हो ।

विशेषमा अहिले ८ सय ४३ थान मुद्दा रहेकोमा त्यसमध्ये ६ सय ६५ थान मुद्दा फछ्र्योट हुन बाँकी छ । २ वर्ष नाघेका मुद्दा ३१ र १८ महिना नाघेका मुद्दा ३९ थान छन् । १८ महिनाभित्रका ५ सय ९५ थान मुद्दा छन् ।

कोरोना भाइरस महामारीका कारण फागुन मसान्तसम्म फछ्र्योट गर्नुपर्ने मुद्दामध्ये १ सय ७८ वटा मुद्दा फछ्र्योट भएको अदालतले जनाएको छ ।

अदालतले फैसला गरेको सो मुद्दामा १ सय ३३ जनामा भ्रष्टाचार ठहर भएको छ भने २० थान मुद्दामा आंशिक ठहर भएको, २४ थान मुद्दामा सफाइ र एक थान मुद्दा खारेज भएको छ ।

यस्तै, विशेषले ४० करोड ५६ लाख १८ हजार ७३ रुपैयाँ धरौटीबाट राजस्व संकलन गरेको छ । यो आर्थिक वर्षमा मात्र १४ करोड २६ लाख ४३ हजार ९२ रुपैयाँ धरौटी जम्मा गरेको विशेषले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »