निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

विश्वकप २०२२ को छनोट चरणमा आयोजक कतार पोर्चुगल सँगै एउटै समुहमा

सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलका लागि आयोजक राष्ट्र कतारले छनौट चरणको खेलअन्तर्गत युरोपियन क्षेत्रको समूह “ए” मा पाहुना टोलीका रूपमा सहभागिता जनाउने भएको छ । आयोजक राष्ट्रका हैसियतले कतारले सोझै विश्वकपमा प्रवेश पाइसकेको छ ।

युइएफले कतारलाई ठुला खेलको अनुभव गराउन छनौट खेलअन्तर्गत युरोपियन समूह “ए” मा सहभागी गराउँदै सहजीकरण गरेको हो । यस सहजीकरणका लागि कतारले युइएफएलाई धन्यवाद पनि दिएको छ ।

कतारले समुह “ए” को सबै टोलीसँग होम एन्ड अवे दुवै खेल अनुभवका लागि मात्रै खेल्नेछ । अर्थात् कतारविरुद्धको हार–जितको अंकले अन्य टोलीका लागि केही मान्य हुनेछैन । खेलाडीको गोललाई भने अफिसियल गोलकै मान्यता दिइनेछ । कतारले भने सबै खेल युरोपमै खेल्नेछ ।

कतारले पाहुना टोलीका रूपमा समूह ‘ए’ मा पोर्चुगल, सर्बिया, रिपब्लिक अफ् आयरल्यान्ड, लक्जेमवर्ग र अजरबैजान विरुद्ध छनोट खेल अन्तर्गत खेल्नेछन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »