सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर काेराेनाबाट ३ लाख ४० हजारकाे मृत्यु,संक्रमितकाे संख्या ५३ लाख पुग्याे

काठमाडाैं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ३ लाख ४० हजार पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका विश्वभर संक्रमित हुनेकाे संख्या भने ५३ लाख ३ हजार ३९३ पुगेकाे छ ।

कुल सङ्क्रमितमध्ये २१ लाख ५८ हजार ५१० उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा झण्डै साढे ६ गुणा बढी हाे । अहिले विश्वभर २८ लाख ३ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने ४४ हजार बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर १ लाख ७ हजार बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् भने ५ हजार २ सय २५२ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । शुक्रबार बिहानसम्म विश्वभर काेराेना संक्रमित हुनेकाे संख्या ५१ लाख ९३ हजार ७६० थियाे भने मृत्यु हुनेकाे संख्या ३ लाख ३४ हजार ५९७ थियाे ।

छिमेकी मुलुक भारतमा पनि काेराेनाकाे उद्गम स्थल चीनमा भन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म भारतमा १ लाख २४ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ३ हजार ७२६ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ५१ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले ६९ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ९७ हजार ६४७ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १६ लाख ४५ हजार ९४ पुगेकाे छ ।

कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ७९ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार २५८ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९७१ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »