काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ९ लाख ३१ हजार नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेहरुको संख्या ९ लाख ३१ हजार २ सय ७२ पुगेको हो।
हालसम्म २ करोड ९४ लाख १२ हजार ६ सय ९६ जना संक्रमित भएका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या १ करोड ९९ लाख ७० हजार ६ सय ८ छ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ भने संक्रमितको संख्यामा पनि अमेरिका सबैभन्दा अगाडि छ।
अमेरिकामा ६६ लाख २ हजार ९ सय ८१, भारतमा ४९ लाख ३० हजार २ सय ३६, ब्राजिलमा ४३ लाख ४५ हजार ६ सय १०, रुसमा १० लाख ६९ लाख ८ सय ७३ र पेरुमा ७ लाख ३३ हजार ८ सय ६० जना संक्रमित भएका छन्।