सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर कोरोना संक्रमित संख्या ९० लाख नाघ्यो : झन्डै ५ लाखको मृत्यु ,निको हुने दर बढ्दो

काठमाडौँ / असार ८

हालसम्म विश्वभर कोरोना संक्रमित संख्या ९० लाख नाघेकाे छ । साेमबार बिहानसम्ममा विश्वभर कुल ९० लाख ४४ हजार मानिस संक्रमित भएकाे वर्ल्डाेमिटर्सले जनाएको छ । आइतबार मात्रै विश्वभर १ लाख ३० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यसैगरी आइतबार विश्वभर एक दिनमा ३ हजार ३३८ जनाले काेराेना संक्रमणबाट ज्यान गुमाएका छन् । तर एकै दिनमा आइतबार १ लाखभन्दा बढी मानिस निकाे पनि भइसकेका छन् ।

त्यस्तै काेराेनाका कारण मृत्यु हुनेको संख्या कुल संख्या पाैने ५ लाख पुगेको छ । साेमबार बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण ४ लाख ७० हजार ६६५ जनाको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो समय विश्वमा सङ्क्रमित दर बढिरहेसँगै निको हुने दर पनि बढिरहेको छ । तर मृत्यु हुनेको तुलनामा निको हुने दर तीव्र रूपले बढिरहेको छ । यसले केही आशा भने जगाएकाे छ । तर काेराेनाकाे दाेस्राे लहर आउने चेतावनी समेत दिइएकाे छ ।

विश्वभर सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म ५३ प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् । बुधबार मात्रै विश्वभर १ लाख ८ हजारभन्दा बढी मानिस संक्रमुक्त भएको वर्डोमिटर्सको तथ्यांकले देखाएको छ । अहिलेसम्म विश्वमा कुल संक्रमितकाे ५ प्रतिशतजतिले मात्र ज्यान गुमाएका छन् । अहिलेसम्म कोरोनाभाइरसलाई जितेर घर फर्कनेको संख्या ४८ लाख ३८ हजार नाघेको छ ।

सबैभन्दा धेरै संक्रमित तथा मृत्यु संख्या र निको हुनेको संख्या अमेरिकामा रहेका छन् । अहिलेसम्म त्यहाँ २३ लाख ५६ हजारभन्दा बढी मानिस संक्रमित हुँदा ९ लाख ८० हजारभन्दा बढी निको भइसकेका छन् । तर १ लाख २२ हजार २४७ जनाले भने ज्यान गुमाइसकेका छन् । आइतबार अमेरिकामा ७ हजार ४१४ जना निकाे भएका छन् भने २६७ ले ज्यान गुमाएका छन् ।

उता भारतमा पनि अहिलेसम्म ४ लाख २६ हजारभन्दा बढी मानिस संक्रमित भएकोमा २ लाख ३७ हजारभन्दा बढी निको भइसकेका छन् । तर भारतमा अहिलेसम्म कोरोनाबाट रूसकाे भन्दा पनि बढी १३ हजार ७०३ जनाको मृत्यु भइसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »