सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वमा कोरोनाबाट ६ लाख २८ हजारको मृत्यु, १ करोड ५२ लाख संक्रमित

काठमाडौँ । विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख २८ हजार ९०३ को ज्यान गएको छ ।

शुक्रबार मात्रै ९ हजार ७५३ कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या बिहीबारको तुलनामा झण्डै तीन हजार धेरै हो ।

बिहीबार ७ हजार ९७ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै संक्रमितको संख्या १ करोड ५२ लाख ९६ हजार ९२६ पुगेको छ ।

शुक्रबार विश्वमा अहिलेसम्मकै धेरै २ लाख ८४ हजार १९६ कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार बिहीबार २ लाख ४७ हजार २२५ कोरोना संक्रमित थपिएका थिए ।

सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो ।

यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।

लकडाउन अन्तय भएसँगै विश्वमै कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »