सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वमा कोरोना संक्रमितको संख्या ९० लाख नजिक, ४ लाख ६९ हजार बढी

काठमाडौं / ९ असार

बिश्वभरि कोरोना संक्रमितको दिनानुदिन बढ्दै गईरहेको छ । कोरोना संक्रमितको संख्या विश्वमा ९० लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८९ लाख ९३ हजार ६५९ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । त्यसपछि क्रमशः रुस, भारत, बेलायत, स्पेन, इटली, पेरु, इरान, जर्मनी, टर्की, चिलीलगायत देश छन् । कोरोनाका कारण हालसम्म ४ लाख ६९ हजार ५८७ संक्रमितको मृत्यु भइसकेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ । संयुक्त राष्ट्रसंघले कोरोना नियन्त्रणमा अफ्रिकाबाट अमेरिका तथा युरोपले सिक्नु पर्ने बताएको छ ।

यद्यपि पछिल्लो समय अफ्रिकन मुलुकमा पनि कोरोना तिव्र रुपमा फैलिरहेको छ । दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या १ लाख पुगेको छ । अफ्रिका महादेशमा १ लाख कोरोना संक्रमित पुग्ने दक्षिण अफ्रिका पहिलो देश हो ।

भर्खरै

सम्बन्धित खबर

Language »