सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वमा कोरोना : २ करोड १६ लाख संक्रमित, ७ लाख ६८ हजार बढीको मृत्यु

काठमाडौँ । विश्वभर कोरोना भाइरसले एकैदिन २ लाख ४८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

साढे सात महिनादेखि फैलिएको संक्रमणबाट यो समाचार तयार पार्दासम्म २ करोड १६ लाख ३५९ मानिस संक्रमित भएका छन् ।

यसमध्ये २ लाख ४८ हजार ८१७ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

यस्तै एकै दिन थप ५ हजार १५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ७ लाख ६८ हजार ६०३ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ४३ लाख २१ हजार ८४४ जना संक्रमण मुक्त भएका छन् । निको हुनेको यो संख्या ६६.३० प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ९२७ जनाको मृत्यु भएको छ ।

३१ लाख ४८ हजार १९४ जना संक्रमित भएकोमा १९ लाख ३ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »