सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वमा १ करोड ५७ लाख कोरोना संक्रमित, संख्या ६ लाख ४० हजारको मृत्यु

काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५७ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५७ लाख ८५ हजार ६४१ पुगेको हो ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

त्यस्तै कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ४० हजार १६ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

आइतबार विश्वमा कोरोना संक्रमणका कारण ४ हजार ८२३ जनाको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »