सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वमा १ करोड ६१ लाख कोरोना संक्रमित, ६ लाख ४६ हजारको मृत्यु

काठमाडौं। कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ६१ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ६१ लाख १४ हजार ४४९ पुगेको छ ।

सोमबार मात्रै २ लाख ५४ हजार २७४ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा निकै धेरै हो ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार आइतबार विश्वमा २ लाख ६२५ कोरोना संक्रमित थपिएका थिए ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

त्यस्तै, कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ४६ हजार ६४१ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

लकडाउन अन्त्य भएसँगै विश्वमै कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »