सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वमा १ करोड ८२ लाख बढीमा कोरोना संक्रमण, ६ लाख ९२ हजारको मृत्यु

काठमाडौं। विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या १ करोड ८२ लाखभन्दा बढी पुगेको छ।

सोमबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख १७ हजार ९०१ जना संक्रमित भएका छन् ।

योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८२ लाख ३१ हजार ४६६ पुगेको हो ।

यस्तै एकै दिन ४ हजार ४०४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ६ लाख ९२ हजार ४२० पुगेको छ ।

सोमबार बिहानसम्म १ करोड १४ लाख ४३ हजार ८१३ जना निको भएका छन् । कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका हुन् ।

पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »