सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्‍वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो,६९ लाख २३ हजार संक्रमित

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आइतबारसम्ममा विश्‍वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयद्वारा उपलब्ध गराएको पछिल्लो विवरणअनुसार विश्वभर ४ लाख २४३ कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । ६९ लाख २३ हजार ८३६ जना संक्रमित भएका छन् ।

संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी १ लाख ९ हजार ८०२ कोभिड–१९ संक्रमित व्यक्तिको मृत्यु भएको छ भने १९ लाख २० हजारभन्दा बढी संक्रमित रहेका छन् ।

संक्रमणका हिसाबले दोस्रो धेरै संक्रमित ब्राजिलमा ६ लाख ७२ हजार ८४६ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलमा आइतबारसम्म कोभिड–१९ संक्रमितको संख्या ३५ हजार ९३० पुगेको छ ।

यसैबीच कोरोना संक्रमित व्यक्तिको संख्याका आधारमा भारत बढी प्रभावित मुलुकहरू इटाली र स्पेनभन्दा अघि आएको छ । भारतमा आइतबारसम्म २ लाख ४८ हजार ११४ व्यक्ति संक्रमित भेटिएका छन् भने करिब ६ हजार ९५४ व्यक्तिको मृत्यु भएको छ ।

भारत कोरोना भाइरस प्रभावित मुलुकहरूको सूचीमा पाँचौँ स्थानमा पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »