निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

वीरगञ्जमा थप २ मा संक्रमण पुष्टि ,नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । वीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछि संक्रमितको संख्या ५१ पुगेको हो ।

संक्रमित दुबै जना पर्साको वीरगञ्ज निवासी रहेको र उनीहरु दुबैको उमेर ५० वर्ष रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्जमा भेटिएका दुबै जना पुरूष रहेकाे र दुवैकाे अहिले आइसोलेशनमा राखेर उपचार थालिएको मन्त्रालयले बताएको छ ।

संक्रमण पुष्टि भएका दुवै जना वीरगन्ज महानगरपालिका छपकैयाका बासिन्दा हुन् । छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको हो।

दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ। यीमध्ये एकजना महानगरका सफाइ कर्मचारी हुन्। अर्का व्यक्तिलाई सिद्धार्थ माविको क्वारेन्टाइनबाट आइसोलेसनमा ल्याइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

नेपालमा हालसम्म संक्रमितमध्ये १२ जना पूर्णरूपमा निकाे भइ घर फर्किसकेका छन् । हाल ८७ जना आइसोलेशन रहेकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा हालसम्म पिसिआर विधिबाट ९ हजार ६६८ जनाकाे काेराेना परीक्षण भएकाेमा ९ हजार ६१७ मा संक्रमण नदेखिएकाे पनि मन्त्रालयले जनाएकाे छ

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »