सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वीर अस्पतालका ७१ कर्मचारीमा सङ्क्रमण भएपछि दुई दिन अस्पताल बन्द

काठमाडौं।वीर अस्पतालमा कार्यरत १३ जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पतालले सेवा बन्द गर्ने भएको छ ।

ठूलो सङ्ख्यामा डाक्टर नर्सलाई कोरोना पोजिटिभ देखिएपछि अस्पतालको सेवा पूर्ण रुपमा बन्द गर्न लागेको हो ।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले आज मात्र १३ जना गरी जम्मा ७१ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएकोले बुधबार र बिहीबार अस्पताल पूर्ण रुपमा बन्द गरी स्यानिटाइजेसन तथा सरसफाइ गरिने बताउनुभयो ।

उहाँले मङ्गलबार कोरोना देखिएकोमा एक चिकित्सक, छ जना नर्स, दुई फर्मासिष्ट र चार जना स्वीपर तथा कार्यालय सहयोगी रहेको बताउनुभयो । यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »