निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

वैकल्पिक राजनैतिक शक्तिको रुपमा उदयीमान संगठनहरुको एकता बिना ल्याईएको परिवर्तनको एजेण्डा दिवा सपना मात्र हो

  • मन्दिरा शर्मा
    संघीय तथा प्रदेश को चुनाव घोषणा हुने समय आउनै लाग्दा अहिले सम्म निर्वाचन आयोगमा झण्डै १२० दल दर्ता भएका छन्।यति दल के नेपालकै हित मा र नेपालीकै समृद्धिका लागि खोलिएका हुन त,पक्कै पनि हैनन्।अधिकाँस दल निहित स्वार्थ का निम्ति, ठूला दल संग बार्गेनिङ गर्न का निम्ति, दलका रूपमा लिन पाउने सेवा सुविधा लिन का लागि समेत खुलेका छन्।अझ कतिले त नाम र चिन्ह समेत बिक्री समेत गर्ने गर्दछन् व्यावसायिक धन्दा जस्तो गरेर अधिकांश दलको नाममा प्रायः दोहोरिने शब्द ‘नेपाल’ र ‘राष्ट्रिय’ हुन् ।
    त्यसपछि बढी दोहोरिने शब्दमा पर्छ– समाजवाद ….. नामकै कारणले नी भोट बटुल्न सकिन्छ भन्ने एक किसिम को मनोभावना छ चाहे नीति जस्तो सुकै किन नहोस्।बहुदलीय चुनाव फेरि यति खर्चिलो भइदिएको छ कि करोडौ रूपैयाँ खर्च गरेर चुनाव लड्ने, चुनावका लागि ठूला व्यापारी र विचौलियाहरूसँग आर्थिक सहयोग लिने, उनीहरूलाई नै सहयोग पुग्ने खालको कानुन निर्माण गर्ने कुचक्र ०४६ सालको राजनीतिक परिवर्तनपछि झन् झन् फस्टाउँदै गइरहेको छ ।
    तर नागरिक को अवस्था कहिलेनी फेरिन सकेको छैन, हिजो पञ्चायत काल मा जे थियो समग्र रूपमा अहिले नी त्यही छ। प्रत्येक राजनीतिक दल र ती दलका शीर्ष नेताहरूको विचौलिया व्यापारीसँगको अनुचित उठबसले नेताहरू कुन स्थिति बाट आएका थिए र अहिले कुन बाटोमा छन् भन्ने कुरा जनताले राम्रै अनुभूति गरिसकेका छन् ।फेरि पनि न उनीहरूले आफूलाई समाजवादी हुँ भन्न छोडेका छन्, न समाजवादको नारा दिन नै ।
    समाजवादलाई केवल साम्यवादमा पुग्ने खुड्किलोको रुपमा प्रयोग गर्ने भन्ने कम्युनिष्टहरुले पनि आफू सत्तामा पुग्दा समेत कुनै उल्लेखनीय काम गर्न सकेका छैनन् र सत्ता बाहिर रहँदा समाजवादको चर्को नारा लगाए पनि सत्तामा पुग्नासाथ ‘पुँजीवाद’कै सेवा गर्ने प्रवृत्ति नै बन्यो भन्दा फरक नपर्ला।नेपाली कांग्रेस ले त बिपी को समाजवादलाई भित्ता मा झुन्ड्याएको धेरै भै सक्यो,पूँजीवाद र नव उदारवाद को नाम मा। हेर्दा यस्तो लाग्छ,यी दलहरू ‘काशी जान कुतीको बाटो’ हिंडिरहेका छन् ।
    यिनै विसंगति र विकृति बाट वाक्क भएर वैकल्पिक दल भनेर एक दशक अघि बाट सुरुवात नी भयो तर उनीहरुको कर्मले यही पुष्टि गर्दै आएको छ वैकल्पिक दलहरु आफैंमा स्पष्ट नदेखिएपछि र उनीहरुको राजनीति दीर्घकालीन नदेखिएपछि युवाहरुले पनि पत्याउन छाडे ।
    पुराना र ठूला दलमा बस्दा मह काढ्न र हात चाट्न पाइने भएपछि त्यतै युवाको आकर्षण देखिन थालेको छ । नेपालको इतिहासमा धेरै दलहरु खुले पनि जनताको विश्वास भने कमैले जित्न सकेका छन्। वैकल्पिक र क्षेत्रीय दलको असफलताकै कारण पनि तीन दशकदेखिको नेपाली राजनीति र सत्तामा कांग्रेस, एमाले र पछि आएको माओवादी कै हालिमुहाली छ ।भारतमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले दिल्लीमा सरकार बनाए जस्तै नेपालमा पनि कुनै समय वैकल्पिक शक्तिको उदय हुने अडकलबाजी पनि भयो तर त्यो अडकलबाजी गलत सावित हुन पुग्यो। माइतीघर मण्डलामा केही वर्ष अघि युवाको एक समूहले नियमित विरोध कार्यक्रम गथ्र्यो ।
    विरोध भन्नासाथ बन्द हडताल र तोडफोड हुने देशमा प्लेकार्ड बोकेर शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने युवाहरुले धेरैको ध्यान खिच्नु स्वभाविकै थियो । रचनात्मक रुपमा आन्दोलन गर्ने यिनै युवाहरुको समूहको संयोजक थिए उज्वल थापा अनि साथमा थिए मिलन पाण्डे, रञ्जु दर्शना लगायतका व्यक्तिहरु। नेपालमा वैकल्पिक राजनीतिको अभियान परिकल्पना गर्ने युवा यिनै थिए ।
    यही अभियानको नामबाटै पछि विवेकशील नेपाली दलको उदय भयो । त्यसपछि रवीन्द्र मिश्र आए अर्को वैकल्पिक शक्ति भनेर साझा पार्टी को रूपमा जुन पछि विवेकशील संग समायोजन पनि भयो तर नतिजा कुनै आउन भने सकेन । बाबुराम भट्टराई ले समेत माओवादी परित्याग गरेर वैकल्पिक शक्ति सिर्जना गर्नु पर्छ अब भनेर नयाँ शक्ति बनाए जुन एकदम कम् समय मै विलीन हुन पुग्यो ।
    जे होस् विगत का अभ्यास बाट पाठ सिक्दै यो पटक केही आश लाग्दा शक्ति हरु पार्टीका रूपमा दर्ता भएका छन् तर समस्या उही देखिन्छ। यदि पुराना दल र नेतालाई विस्थापन नै गर्ने हो र विद्यमान विसंगति र विकृतिलाई हटाएर देशलाई आर्थिक समृद्धि तिर लैजाने हो भने फुटेर हैन जुटेर जान सक्नु पर्छ वैकल्पिक शक्ति हरु।आसन्न प्रदेश एवं संघीय निर्वाचनका लागि सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणाले पुनः वैकल्पिक राजनीतिक शक्तिको बहस सुरु भएको छ ।
    आमनिर्वाचन घोषणाको तयारी भइरहेका वेला नयाँ शक्तिका रूपमा स्थापित हुने उद्देश्य राखेर लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भए पछि केही हद सम्म ठूला भनिएका दलका नेताहरुको मन् मा डर को घण्टी चाहिँ बजेकै छ र वैकल्पिक राजनीतिक शक्तिको बहस पनि सतहमा आएको छ।नेपालमा वैकल्पिक शक्तिको दशवर्षे इतिहास हेर्दा दलमा समस्या हो या राजनीतिमा भन्ने नै छुट्याउन सकेको अबस्था छैन ।मुख्य कुरा दल मा भन्दा नी राजनीति मै समस्या हो र अहिलेको आबस्यकता भनेको फरक ढंगले राजनीति गर्नु नै हो ।
    यस अवधिमा नयाँ आएका शक्ति पनि नयाँ दल मात्र बन्न खोजेका छन्। यद्यपि, पछिल्लो समय पनि केही नयाँ गरौँ भनेर नयाँ दलले कोसिस गरेका छन् । अहिले देशको राजनीति भनेकै ऐनकेन प्रकारले सत्तामा पुग्ने, राज्यसत्ताको दोहन गर्ने र त्यसबाट आफू र आसेपासे पोस्ने प्रवृत्तिको पर्याय बन्दै गएको छ । यसको अन्त्य गर्ने हो भने तत्काल वैकल्पिक राजनीति गर्छु भन्ने दल तथा स्वतन्त्र व्यक्ति को मुख्य एजेण्डा यसैलाई बनाउनु पर्छ ।
    खासगरी राजनीति र राज्य भनेको समग्र समाजको हितको लागि हैन कि प्राप्त पैसा र शक्तिको दुरुपयोग गर्ने माध्यम हो भन्ने जुन बुझाइ छ, त्यसको अन्त्य गर्नु जरुरी छ । अब को निर्वाचनमा नाम फरक भए नी पुराना दल र बुढा नेतालाई विस्थापित गर्न सक्ने गरी वैकल्पिक दल तथा स्वतन्त्र उम्मेदवार ले कार्यगत एकता नगर्ने हो भने यिनै दलको हाली मुहाली हुने कुरा निश्चित प्रायः नै छ ।

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »